माइतीघरबाट पक्राउ परेका अमेरिकन काठमाडौँ परिसरको हिरासतमा
बिहीबार, १४ चैत २०८१, २० : २२

काठमाडौँ । काठमाडौँको माइतीघरबाट कुलमान घिसिङको बर्खास्ती विरुद्ध प्रदर्शन गर्ने एक जना अमेरिकन नागरिक बिहीबार पक्राउ परे । घिसिङ समर्थकको जुलुसमा देखिएका ५८ वर्षीय जुलियन किर्पाललाई अहिले भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।
कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोपमा उनी पक्राउ परेका हुन् । विदेशी नागरिक १५० दिनभन्दा बढी बसेको भेटिए अध्यागमन विभागले निष्कासन गर्न सक्ने कानुनी व्यवस्था छ ।
जुलियन १५० दिनभन्दा थोरै समय बसेको भेटिएको हुनाले उनलाई के गर्ने भन्नेबारे निर्णय नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । उनले भने, ‘जुलियन मानसिक रूपमा विक्षिप्त देखिन्छन्, कस्तो कारबाही गर्ने भन्नेबारे निर्णय भएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खा नलाग्दै काभ्रेकाे पनौतीमा बाढी
-
प्रदेश नीति तथा कार्यक्रम र बजेट निर्माणका सम्बन्धमा एमालेको छलफल
-
फेवातालबाट ३ जना इजरायली पर्यटकको उद्दार
-
मर्मतपछि कुलेखानी तेस्रोबाट पुनः विद्युत् उत्पादन सुरू
-
मोदीको चेतावनी : हामीले १ सयभन्दा बढी आतंककारी मार्यौँ, पाकिस्तानको मनोवृत्ति हेरेर थप कारबाही गर्छौँ
-
वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध