गणतन्त्रवादी गणतान्त्रिक नभएपछि आन्दोलन हुनु स्वाभाविक : महासचिव भुसाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजवादी र गणतन्त्रवादीहरू बिच मुडभेडको नअवस्था नरहेको बताए । उनले भने -'यो गणतन्त्र गणतान्त्रिक नभएको भन्दै व्यक्त भएको असन्तुष्टि हो, गणतन्त्रवादीहरू गणतान्त्रिक नभएपछि आन्दोलन हुनु स्वाभाविक हो ।'
'राजतन्त्रवादीहरूसँग न हिजोको परिवार छ, न हिजोको समुदाय छ' उनले भने 'अहिलेको अवस्थामा राजा टिकाउने वा ल्याउने कुनै पनि आधार देखिँदैन । '
समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘मूल कुरा गणतन्त्रवादीहरूले गणतन्त्रलाई गणतान्त्रिक बनाउनुपर्छ त्यो चाहिँ भएको छैन ।’ आज भएको गणतन्त्रवादीहरुको जुलुस पनि शासकहरूका लागि भएको उनले बताए । शासन सही ढङ्गले सञ्चालन गर्न दबाब दिनका लागि प्रदर्शन गरिएको उनको भनाइ थियो ।
अहिले जुन तरिकाले सरकार र सत्ता सञ्चालन भइरहेको छ त्यो तरिकाले सधैँ नचल्ने भन्दै उनले नेताहरूले आफ्नो पार्टीलाई लोकतान्त्रिक, गणतान्त्रिक बनाउन आवश्यक रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण