पूर्वराजालाई मुख्यमन्त्री पाण्डेको चेतावनी– नारायणहिटीमा होइन, निर्मल निवासबाटै लखेटिनुपर्ला
पोखरा ।गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नारायणहिटी छिर्नका लागि अपनाइएका हर्कतले निर्मल निवासबाटै खेदिनुपर्ने चेतावनी दिएका छन् ।
आइतबार संसदमा सम्बोधन गर्दै पाण्डेले भने, ‘केही असन्तुष्टिका स्वर लिएर संविधान उल्ट्याउँछु, संघीयता खारेज गर्छु, फेरि नारायणहिटी आएर बस्छु भनेर २–४ घर, १०–२० गाडी जलाउन लगाउने हो भने दरबार मार्गको राजदरबार त होइन, महाराजगन्जको निर्मल निवासमा पनि बस्न पाइन्छ कि पाइँदैन सोचे हुन्छ ।’
उनले आफूहरू ज्यूँदो रहँदासम्म अब देशमा राजतन्त्र नफर्किने दाबी गरे । ‘राजतन्त्र फाल्न र गणतन्त्र ल्याउन जुत्ता खियाएका, पसिना र रगत बगाएका मानिसहरू हामी आज पनि ज्यूँदै छौँ,’ अघि भने, ‘हामी छँदै राजतन्त्र ल्याउने सपना कसैले देख्छ भने त्यो कदापि पूरा हुन सक्दैन ।’ यद्यपि केही कामलाई परिष्कृत गर्दै लैजानुपर्नेमा उनी सहमत छन् । दलहरूबिच संविधान कार्यान्वयनमा प्रतिबद्धता रहे पनि केन्द्रीकृत मानसिकता सुधारिनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण