सात जिल्लामा आगलागी, लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट
मङ्गलबार, १९ चैत २०८१, १२ : ४५
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका आगलागीमा परेर लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- रौतहट, गरूडा नगरपालिका-५ स्थित ठाकुर ग्रिल उद्योगमा विद्युत् सर्ट भई सोमबार राति आगलागी हुँदा टायर, वेल्डिङ्ग मेसिन, मोबाइल लगायतका सरसामान जलेर करिब १० लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
- महोत्तरी, बर्दिबास नगरपालिका-२ सरकारी अस्पताल बर्दिबास नजिकै सरोज अधिकारीको नर्सरीमा सोमबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको टाटा प्रोजेक्ट लिमिटेडको स्टोर गरी राखेको विद्युतीय ट्रान्सफर्मरमा प्रयोग हुने ५ वटा मेशिन आशिंक रूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
- अर्घाखाँची, भूमिकास्थान नगरपालिका-७ पानडाँडा सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने लोक बहादुर थापाको घर र गोठ, रेल बहादुर थापा मगरको गोठ, तिलक बहादुर रायमाझीको गोठ र शौचालयमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
- कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ ठुलोसिसनियास्थित महिबुदीन मुसलमान समेत १३ जनाको करिब ७ बिगाह खेतमा लगाएको गँहुमा सोमबार दिउँसो आगलागी हुँदा करिब ८ लाख ३१ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
- नुवाकोट, तारकेश्वर गाउँपालिका-४ नेवारपानी डोरपाखास्थित सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने सलिना श्रेष्ठको गोठमा समेत आगलागी हुँदा करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- मोरङ, कानेपोखरी गाउँपालिका-६ शिवालय टोल बस्ने प्रेम कुमार मगरको ग्वालीमा विद्युत् सर्ट भई सोमबार साँझ आगलागी हुँदा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१ फुटलब चोकस्थित पप्पु पंडितको न्यू एसके फर्निचर उद्योगमा गए राति आगलागी हुदाँ करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- पर्सा, बिन्दबासिनी गाउँपालिका-२ बहुअर्वास्थित वीरगंज महानगरपालिका-१९ केहुनिया बस्ने बरियारको पान घुम्ती पसलमा गए राति आगलागी हुदाँ करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण