प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
बुधबार, २० चैत २०८१, ०५ : ३७

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । मंगलबार राती घरेलु मैदानमा भएको खेलमा आर्सनल २-१ ले विजयी भयो ।
आर्सनललाई जिताउन मिकेल मेरिनो र बुकायो साकाले गोल गरे । पाहुना टोली फुलहमका लागि रोड्रिगो मुनिजले एक गोल फर्काए । जितपछि आर्सनलको ३० खेलबाट ५१ अंक भएको छ । शीर्ष स्थानको लिभरपुलको भने २९ खेलबाटै ७० अंक छ ।
यस्तै, अर्को खेलमा तेस्रो स्थानको नटिङघमले म्यान्चेस्टर युनाइटेडलाई हरायो भने उल्भ्सले वेष्टह्याम युनाइटेडलाई १-० ले हरायो । यो सिजन म्यान्चेस्टर युनाइटेडले भने माथि उक्लिन सकेको छैन । उसको जम्मा ३७ अंक छ ।