कराते टोली अस्ट्रेलिया जाने
काठमाडौँ । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ९ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रेलियाको सिड्नी प्रस्थान गर्ने भएको छ । टोली बुधबार राति ११ः०० बजे अस्ट्रेलिया प्रस्थान गर्ने तालिका छ ।
अप्रिल ४ देखि ६ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ६७ केजीमुनि सन्तोष श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ५० केजीमुनि वर्षा बुढा मगर, ५५ केजीमुनि पुष्पका लामा, ६८ केजीमाथि एरिका गुरुङ र ६१ केजीमुनि सविना श्रेष्ठले खेल्ने छन् । प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, सहायक प्रशिक्षक र अफिसियलमा अमिर राना तथा निर्णायकमा तारा गुरुङ रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबारै एक कार्यक्रमबिच बिदाइ गरे । सो अवसरमा आठौँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका विजय लामाले टोलीका लागि प्रायोजन गरेको ट्रयाक सुट पनि प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण