काठमाडौँ र ललितपुरसहित विभिन्न स्थानमा आगलागी, लाखौँ बराबरको क्षति
बिहीबार, २१ चैत २०८१, १४ : ००

काठमाडौँ । राजधानी काठमाडौँ र ललितपुरसहित देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- काठमाडौं, टोखा नगरपालिका-९ म्याग्दीचोकस्थित रामकृष्ण बस्नेतको घरमा डेरा गरी बस्ने स्याङ्जा चापाकोट गाउँपालिका-६ घर भएकी ३७ वर्षीया तिल कुमारी जिटीले सोही कोठामा संचालन गर्दै आएको किराना पसलमा विद्युत् सर्ट भई गए राति आगलागी हुँदा करिब १ लाख ३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- कास्की, पोखरा महानगरपालिका-१६ छुसालस्थित ठुलासार जंगलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने राजु विश्वकर्माको गोठघरमा आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- भोजपुर, रामप्रसाद राई गाउँपालिका-५ भोर्लेनीस्थित सिंहेश्वरी समुदायिक वनमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४० वर्षीया निर्मला ढकालको घरमा आगलागी हुँदा करिब ३ लाख ३३ हजार ४ सय ४० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- यसैगरी भोजपुर, टेम्केमैयुङ गाउँपालिका-८ गोगने बस्ने छविमाया बिकको घरमा बिहीबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
- कैलाली, लम्कीचुहा नगरपालिका-३ व्यवस्थितनगर बस्ने ७० वर्षीया कृणा जैसीको गोठमा बुधबार दिउँसो आगलागी हुँदा करिब १ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- ललितपुर, ललितपुर महानगरपालिका-९ च्यासलस्थित सुरेज श्रेष्ठको तामा र पित्तलको मुर्ति बनाउने टहरोमा विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
- यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने मिलन श्रेष्ठको लक्ष्मी नारायण टेस्ट आयल कपडा गोदाममा विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म