काठमाडौँ र ललितपुरसहित विभिन्न स्थानमा आगलागी, लाखौँ बराबरको क्षति
बिहीबार, २१ चैत २०८१, १४ : ००
काठमाडौँ । राजधानी काठमाडौँ र ललितपुरसहित देशका विभिन्न स्थानमा भएका आगलागीबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- काठमाडौं, टोखा नगरपालिका-९ म्याग्दीचोकस्थित रामकृष्ण बस्नेतको घरमा डेरा गरी बस्ने स्याङ्जा चापाकोट गाउँपालिका-६ घर भएकी ३७ वर्षीया तिल कुमारी जिटीले सोही कोठामा संचालन गर्दै आएको किराना पसलमा विद्युत् सर्ट भई गए राति आगलागी हुँदा करिब १ लाख ३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- कास्की, पोखरा महानगरपालिका-१६ छुसालस्थित ठुलासार जंगलमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने राजु विश्वकर्माको गोठघरमा आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- भोजपुर, रामप्रसाद राई गाउँपालिका-५ भोर्लेनीस्थित सिंहेश्वरी समुदायिक वनमा बुधबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४० वर्षीया निर्मला ढकालको घरमा आगलागी हुँदा करिब ३ लाख ३३ हजार ४ सय ४० रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- यसैगरी भोजपुर, टेम्केमैयुङ गाउँपालिका-८ गोगने बस्ने छविमाया बिकको घरमा बिहीबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
- कैलाली, लम्कीचुहा नगरपालिका-३ व्यवस्थितनगर बस्ने ७० वर्षीया कृणा जैसीको गोठमा बुधबार दिउँसो आगलागी हुँदा करिब १ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
- ललितपुर, ललितपुर महानगरपालिका-९ च्यासलस्थित सुरेज श्रेष्ठको तामा र पित्तलको मुर्ति बनाउने टहरोमा विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
- यसैगरी ललितपुर, महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने मिलन श्रेष्ठको लक्ष्मी नारायण टेस्ट आयल कपडा गोदाममा विद्युत् सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण