सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
शुक्रबार, २२ चैत २०८१, ११ : २३
_RxwS0LQqdA.jpg)
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि सिरियामा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
बिहीबार २०२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली प्रमुख सेनानी रविजंग खड्काको नेतृत्वमा मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी १९७ जना शान्ति सैनिकहरू प्रमुख सेनानी दिनेश कुमार खड्काको नेतृत्वमा बिहीबार नै स्वदेश फिर्ता भएका थिए ।
हाल उक्त मिसनमा नेपाली सेनाबाट सैनिक पर्यवेक्षक, स्टाफ अधिकृत र विभिन्न युनिटहरुका गरी कुल ४४८ जना शान्ति सैनिकहरू कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश