जलेश्वर मालपोतका नासुसहित ३ जना घुससहित पक्राउ, विशेषमा मुद्दा दायर
शुक्रबार, २२ चैत २०८१, १४ : ३०
काठमाडौँ । महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।
कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले ३५ हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
अनुसन्धानको सिलसिलामा नायब सुब्बा चौधरीको पनि मिलोमतोमा जग्गाको ट्रायल चेक एवं क्षेत्रफल सुधार गरी लालपुर्जा बनाइदिने भन्दै उनीहरूले सेवाग्राहीबाट घुस लिएको भेटिएको अख्तियारले जनाएको छ ।
उनीहरुविरुद्ध एक महिनादेखि ६ महिना कैद र ३५ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस
-
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा
-
बागमती सरकार गठनका लागि नेकपाद्वारा ५ सदस्यीय वार्ता टोली गठन
-
आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण
-
फेरिए दुई विभागका डीजी, सिँचाइमा श्रेष्ठ र विद्युत् विकास विभागमा गौतम
-
रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमणले सरकारलाई कस्तो पार्ला प्रभाव ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण