सिन्धुपाल्चोक । गहुँ नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो। विश्वको मुख्य खाद्यान्न बालीको रूपमा रहेको गहुँबाली नेपालमा हिउँदमा खेती गरिने सबैभन्दा महत्त्वपूर्ण बाली हो।
_VL6nD4cjdj.jpg)
यो क्यालोरी र प्रोटिनको मुख्य स्रोत हो। यसको खेती नेपालको तराई देखि उच्च पहाड सम्म गरिँदै आइएको छ। नेपालमा आर्थिक वर्ष २०७९/८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेत्रफलमा गहुँ खेती भई २१ लाख ४४ हजार ५ सय ६८ मेट्रिक टन उत्पादन भएको थियो । हाल नेपालमा गहुँको औसत उत्पादकत्व २.९९ मेट्रिक टन प्रति हेक्टर रहेको छ।
_KaNeLzLye0.jpg)
नेपालमा पछिल्लो समय गहुँ खेतीको क्षेत्रफल र उत्पादन बढेको भए पनि गहुँ, गहुँको बिउ तथा गहुँजन्य वस्तुको आयात भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको चार महिनामा मात्रै ९८ करोड ६७ लाख रुपैयाँ बराबरको २० हजार २ सय ७९ मेट्रिक टनको गहुँजन्य वस्तु आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
_RuDlcThCkD.jpg)
गत आर्थिक वर्षमा १० हजार १ सय १२ मेट्रिक टन गहुँजन्य वस्तुको आयात भएको थियो । सोबापत ६८ करोड ८४ लाख ३८ हजार रुपैयाँ बाहिरिएको छ । यस्तै आर्थिक वर्ष २०७८–७९ मा २४ हजार ७ सय ८५ मेट्रिक टन वस्तु भित्रिएको छ । यसबापत १ अर्ब १६ करोड १६ लाख २६ रुपैयाँ बाहिरिएको छ ।
_9QcpeMORys.jpg)
यतिबेला सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका खेतहरू गहुँले हरियाली देखिएको छ । सो क्षेत्रको प्रमुख खाद्य बालीमा आलु, गहुँ, मकै र कोदो रहेको एक स्थानीयले बताए ।
_rUS91TYxFg.jpg)
_oMns5i2Dgi.jpg)
_2D9COQ35Rm.jpg)
_7bAsTDxcSO.jpg)
_ljqPjZmcfS.jpg)
_cXgsB6mOWE.jpg)
_MZw09VOHYC.jpg)
_qdOnVxuLJE.jpg)
_WQfJFJOfN4.jpg)
_JJW9MbZnEd.jpg)
_UzzOOkpGbX.jpg)
_e0YFk7G6u3.jpg)
_JQihtarI8j.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया