यशस्वीको ६७ रन मद्दतमा राजस्थानले पञ्जावलाई दियो २०६ रनको लक्ष्य
शनिबार, २३ चैत २०८१, २१ : ४२

काठमाडौँ । आईपीएल–२०२५ को १८ औँ खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई २०६ रनको लक्ष्य दिएको छ ।
मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह क्रिकेट रंगशालामा भएको खेलमा पञ्जाबका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेका हुन् । राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको हो । आईपीएलमा यो स्टेडियमको सबैभन्दा ठूलो स्कोर हो।
यशस्वी जैसवालले ४५ बलमा ६७ रनको अर्धशतकीय इनिङ खेले । रियान पराग ४३ रन बनाएर अविजित फर्किए । कप्तान सञ्जु सामसनले ३८ रन बनाए । बलिङमा लोकी फर्गुसनले २ विकेट लिए ।
अर्शदीप सिंह र मार्को यान्सनले एक–एक विकेट लिए । आजको पहिलो खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २५ रनले पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन