यशस्वीको ६७ रन मद्दतमा राजस्थानले पञ्जावलाई दियो २०६ रनको लक्ष्य
शनिबार, २३ चैत २०८१, २१ : ४२
काठमाडौँ । आईपीएल–२०२५ को १८ औँ खेलमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई २०६ रनको लक्ष्य दिएको छ ।
मुल्लानपुरस्थित महाराजा यादवेन्द्र सिंह क्रिकेट रंगशालामा भएको खेलमा पञ्जाबका कप्तान श्रेयस अय्यरले टस जितेर बलिङ रोजेका हुन् । राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०५ रन बनाएको हो । आईपीएलमा यो स्टेडियमको सबैभन्दा ठूलो स्कोर हो।
यशस्वी जैसवालले ४५ बलमा ६७ रनको अर्धशतकीय इनिङ खेले । रियान पराग ४३ रन बनाएर अविजित फर्किए । कप्तान सञ्जु सामसनले ३८ रन बनाए । बलिङमा लोकी फर्गुसनले २ विकेट लिए ।
अर्शदीप सिंह र मार्को यान्सनले एक–एक विकेट लिए । आजको पहिलो खेलमा दिल्ली क्यापिटल्सले चेन्नई सुपर किंग्सलाई २५ रनले पराजित गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण