आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलको उपाधि लिभरपुलले सजिलै कब्जा गर्ने देखिएको छ । निकट प्रतिस्पर्धी आर्सनल बराबरीमा रोकिंदा र नटिङघम फरेस्ट हार्दा फाइदा लिभरपुललाई नै भएको छ ।
शनिबार राती ३१ औं खेलमा आर्सनल एभर्टनसँग १-१ को बराबरीमा रोकियो भने नटिङघम फरेस्ट एस्टन भिल्लासँग २-१ ले पराजित भयो । यसले शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरीमा एक अंक घटाउने बाहेक अन्य उपलब्धि भएन ।
एक खेल कम खेलेको लिभरपुल दोस्रो स्थानको आर्सनभन्दा अझै ११ अंकले अघि छ । यसको ३० खेलबाट ७३ अंक हुँदा आर्सनलको ३१ खेलबाट ६२ अंक भएको छ । नटिङघम ३१ औं खेल खेल्दा पनि ५७ अंकबाट माथि उक्लिन सकेन ।
लिगमा शनिबार राती भएका अन्य खेलमा क्रिष्टल प्यालेस २-१ ले विजयी हुँदा उल्भ्सले इप्सविच टाउनलाई २-१ ले नै हरायो । यस्तै, वेष्ट ह्याम युनाइटेड र बर्नमथले २-२ को बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण