भक्तपुर बिस्केट जात्राका लागि रथ निर्माण कार्य अन्तिम चरणमा (तस्बिरहरू)
आइतबार, २४ चैत २०८१, १४ : ५७
काठमाडौँ । भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन आठ रातसम्म तान्त्रिक विधिअनुसार मनाउने बिस्केट जात्राको लागि ताउमधिमा भैरव र भद्रकालीको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । काठै काठले प्यागोडा शैलीमा निर्माण गरिने ३५ फिट अग्लो तीनतले भैरवनाथको रथसँगै भद्रकालीको रथ निर्माण कार्य पनि सँगै भइरहेको छ ।

यस वर्ष रथको चक्कालगायतका धेरै काठहरू फेरिएको छ । अरू पुरानै काठलाई बलियो गरेर मर्मत गरी बलियोसँग निर्माण कार्य भइरहेको छ । लिच्छवीकालदेखि सुरु भएको यो जात्रा वैशाख १ गतेभन्दा चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथलाई तानेर लैजाने परम्परा छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण