प्रिमियर लिग : लिभरपुल फुलहमसँग हार्दा म्यान्चेस्टर डर्बीमा गोलरहित बराबरी
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल नै हारेको छ । आइतबार राती भएको खेलमा लिभरपुल फुलहमसँग ३-२ गोल अन्तरले हारेको हो ।
फुलहमको घरेलु मैदानमा लिभरपुलका लागि एलेक्सिस म्याक एलिस्टर र लुइस डिआजले गोल गरे । फुलहमलाई जिताउन रयान सेसेग्नन, एलेक्स एवोबी र रोड्रिगो मुनिजले गोल गरे ।
लिभरपुलले यो हारसँगै अंक दुरी अझै फराकिलो बनाउने अवसर गुमाएको छ । यद्यपि, शीर्ष स्थानको लिभरपुलको दोस्रो स्थानको आर्सनल भन्दा ११ अंकले अगाडि छ । लिभरपुलको ३१ खेलबाट ७३ अंक छ भने आर्सनलको ६२ अंक छ ।
यस्तै, प्रिमियर लिग अन्तर्गत टोटनह्याम हटस्परले साउथह्याम्पटनलाई ३-१ ले हराउँदा म्यान्चेस्टर डर्बी र चेल्सी तथा ब्रेन्टफोर्डबीचको खेल गोलरहित बराबरी हुन पुगेको छ ।
म्यान्चेस्टर युनाइटेडको मैदानमा भएको म्यान्चेस्टर डर्बी गोलरहित बराबरीमा टुंगिदा ब्रेन्टफोर्डले घरेलु मैदानमा चेल्सीलाई गोलरहित बराबरीमा रोकेर अंक बाँडेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण