लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन
जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेस प्रदेश संसदीय दलको नेतामा प्रदेश सांसद जयनुल राइन चयन भएका छन् । करिब १५ महिनादेखि रिक्त रहेको पदमा लोसपाको केन्द्रीय कार्यालयले सोमबार दलको नेता चयन गरेको हो ।
सांसद अभिराम शर्मा थमन विकको हत्यामा दोषी ठहर भएपछि लोसपा संसदीय दलको नेताको पद खाली भएको थियो । शर्मालाई अदालतले दोषी ठहर गरेपछि मधेस प्रदेसभाले उनलाई निलम्बन गरेको थियो ।
लामो रस्साकस्सीपछि केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले आज औपचारिकरुपमा पत्र लेखेर जिम्मेवारी दिएका हुन् । रातोपाटीसँग कुरा गर्दै नेता राइनले आफूलाई पार्टी अध्यक्षले आजै जिम्मेवारी दिएको बताए ।
उनले भने, ‘करिब १५ महिनादेखि यो पद खाली थियो, आज पार्टी अध्यक्षज्यूले मलाई जिम्मेवारी दिनुभएको छ । त्यही अनुसार मैले सभामुखको कार्यालयलाई जानकारी गराएको छु ।’
अर्को व्यवस्था नहुँदासम्म राइनलाई संसदीय दलको नेता मनोनयन गरिएको पत्रमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण