प्रिमियर लिग : न्यूक्यासल युनाइटेड पाँचौ स्थानमा उक्लियो
मङ्गलबार, २६ चैत २०८१, ०५ : ३८

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा न्यूक्यासल युनाइटेडले शानदार जित निकालेको छ । सोमबार राती भएको खेलमा न्यूक्यासलले लेस्टर सिटीलाई उसैको मैदानमा ३-० ले हराएको हो ।
न्यूक्यासलका लागि ज्याकब मर्फीले दुई गोल गरे भने हार्भे बान्र्सले एक गोल गरे । यो जितसँगै न्यूक्यासल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । उसको ३० खेलबाट ५३ अंक भएको छ । लेस्टर सिटी भने रेलिगेशन जोनमा छ ।
प्रिमिरय लिगमा लिभरपुल ७३ अंकसहित शीर्ष स्थानमा रहँदा आर्सनल ६२ अंकसहित दोस्रो तथा नटिङघम ५७ अंकसहित तेस्रो स्थानमा छन् ।