नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापनाको ३२ वर्षपछि आफ्नै भवनमा

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ स्थापना भएको ३२ वर्षपछि आफ्नै भवनमा सरेको छ । काठमाडौँको सिफलमा आफ्नै भवन खरिद गरेर औपचारिक रूपमा कार्यालयमा सरेको हो ।
चार करोड ५३ लाखमा खरिद गरेको भवनको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले संघको भवन स्थापना हुँदा व्यवसायीहरूको आवाजलाई अझ बलियो बनाउन र समाजको भलाइका लागि काम गर्न महत्त्वपूर्ण साबित हुने बताएका थिए ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा उपलब्धिमूलक काम गर्न सकेकोमा गर्व महसुस भएको बताए । उनले सबै व्यवसायीको साझा काम भएको भन्दै भवनको विषयलाई लिएर आलोचना नगर्न समेत अनुरोध गरे ।
भवन खरिदका मेनपावर व्यवसायीहरू तथा संघ संस्थाहरूले आर्थिक सहयोग गरेका थिए । संघको कार्यालय खरिदका लागि द रिभर ओभरसिज प्रालि एक्लैले १४ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
संघ स्थापना भएको ३२ वर्षसम्ममा भाडाको घरमा कार्यालय सञ्चालन गर्दै आएको थियो । काठमाडौँ सिफलस्थित ६ आना एक दाममा निर्मित ४ तल्ले भवन खरिद गरेको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ नजिकको साहसिक गन्तव्य ‘वनजङ्गल एडभेञ्चर’
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित