इरानसँग सिधैं परमाणु वार्ता भइरहेको छः ट्रम्प
वासिङटन डीसी । अमेरिका र इरानले सम्भावित परमाणु सम्झौताबारे सिधैं कुराकानी गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भनेका छन् । उनले वार्ता शनिबार हुने बताएका छन् । यो भेटवार्ताको पुष्टि इरानी विदेशमन्त्रीले पनि गरेका छन् ।
वार्ता अप्रत्यक्ष हुने तर यसमा निकै धेरै अवसरहरू भएको उनले बताएका छन् । अमेरिका र इरानले निकै उच्चस्तरमा वार्ता गर्ने सोमबार ट्रम्पले भनेका थिए । सहमतिमा पुगिएन भने इरानका लागि निकै नराम्रो हुने चेतावनी पनि ट्रम्पले दिएका थिए ।
इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनेईले प्रत्यक्ष वार्ता गर्ने अमेरिकी प्रस्ताव सार्वजनिक रुपमै अस्वीकार गरेपछि गत महिना ट्रम्पले इरानमाथि सैन्य कारवाही गर्ने सम्भावना औंल्याएका थिए । इजरायलका नेता बेन्जामिन नेतन्याहुसँग ह्वाइट हाउसमा भेटवार्तापछि ट्रम्पले नयाँ वार्ताको कुरा उप्काएका थिए । नेतन्याहुले यसअघि नै आणविक अस्त्र हासिल गर्नबाट रोक्न इरानमाथि आक्रमण गर्ने सम्भावना बढाएका थिए । ‘शनिबार इरानसँग हाम्रो निकै ठूलो बैठक छ, हामीले उनीहरूसँग सिधैं डिल गरिरहेका छौ’ र सम्झौता पनि होला, यसो भयो भने झनै राम्रो हुनेछ ।’ ओभल अफिसमा बोल्ने क्रममा ट्रम्पले भनेका थिए ।
‘तर वार्ता असफल भयो भने इरान निकै ठूलो खतरामा फस्नेछ, इरानले आणविक हतियार राख्न सक्दैन र यदि वार्ता असफल भयो भने म आफैंले पनि सोचिरहेको छुँ कि यो इरानको लागि निकै नराम्रो दिन हुनेछ ।’ अझ अगाडि उनले भने, वार्ताबारे ट्रम्पले अरु जानकारी भने दिएका छैनन् । वार्तामा कति प्रगति भयो र कुन–कुन अधिकारी संलग्न छन् भन्नेबारे भने केही बताइएको छैन ।
अमेरिका र इरान अप्रिल १२ मा ओमानमा भेट्न लागेको खबरको इरानी विदेशमन्त्री अब्बास अराघचीले एक्समा एउटा पोष्टमा पनि पुष्टि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण