वैशाखमा ‘मिस एसईई इटहरी’ आयोजना हुने
काठमाडौंँ । पाँचौँ ‘मिस एसईई इटहरी’ आगामी वैशाखबाट सुरु हुने भएको छ ।
आयोजक ओपन स्पेस मिडिया प्रालिले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
एसईई दिएर बसेका किशोरीलक्षित यो प्रतियोगिताको उद्देश्य बालबालिकाको प्रतिभा प्रष्फुटन गर्दै समाजको जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको अडिसन वैशाख पहिलो साता हुने जनाइएको छ ।
प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठले ‘मिस एसईई इटहरी’लाई केवल सौन्दर्य प्रतियोगिताभन्दा पनि बौद्धिक क्षमता उजागर गर्ने माध्यमका रुपमा अगाडि बढाइने बताए ।
प्रतियोगिताको छनोट चरणमा छानिएका प्रतियोगीले व्यक्तित्व विकास, वक्तित्वकला, नेतृत्व क्षमता, अभिनय कला, र्याम्प वाक, मेकअप तथा फोटोग्राफीजस्ता विभिन्न विषयमा प्रशिक्षणसमेत प्राप्त गर्नेछन् ।
प्रतियोगिताका विजेताले ‘प्लस टु’ अध्ययनका लागि पूर्ण छात्रवृत्तिको अलवा विभिन्न उपहार जित्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मूल्य घटेपछि पम्पमा इन्धनको अभाव, निगमले खटायो तीन टोली
-
राष्ट्रियसभा अध्यक्षद्वारा सांसदका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ
-
रास्वपाका केन्द्रीय सदस्यहरुले शपथ लिँदा जे देखियो, तस्बिरमा हेर्नुहोस्
-
‘जनताका प्रश्नको जवाफ नदिने सरकारले कस्तो सुशासन दिँदैछ ?’
-
महाधिवेशनपछि रास्वपाको केन्द्रीय समितिको पहिलो बैठक वनस्थलीमा
-
चालु वर्षमा २७५ निर्माण कम्पनी कालोसूचीमा, ३२ कम्पनी निलम्बन पर्दा १० को फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण