शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

वैशाखमा ‘मिस एसईई इटहरी’ आयोजना हुने

मङ्गलबार, २६ चैत २०८१, १९ : २२
मङ्गलबार, २६ चैत २०८१

काठमाडौंँ । पाँचौँ ‘मिस एसईई इटहरी’ आगामी वैशाखबाट सुरु हुने भएको छ ।

आयोजक ओपन स्पेस मिडिया प्रालिले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । 

एसईई दिएर बसेका किशोरीलक्षित यो प्रतियोगिताको उद्देश्य बालबालिकाको प्रतिभा प्रष्फुटन गर्दै समाजको जिम्मेवार नागरिक बन्न प्रेरित गर्ने रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको अडिसन वैशाख पहिलो साता हुने जनाइएको छ ।  

प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठले ‘मिस एसईई इटहरी’लाई केवल सौन्दर्य प्रतियोगिताभन्दा पनि बौद्धिक क्षमता उजागर गर्ने माध्यमका रुपमा अगाडि बढाइने बताए ।

प्रतियोगिताको छनोट चरणमा छानिएका प्रतियोगीले व्यक्तित्व विकास, वक्तित्वकला, नेतृत्व क्षमता, अभिनय कला, र्‍याम्प वाक, मेकअप तथा फोटोग्राफीजस्ता विभिन्न विषयमा प्रशिक्षणसमेत प्राप्त गर्नेछन् ।

प्रतियोगिताका विजेताले ‘प्लस टु’ अध्ययनका लागि पूर्ण छात्रवृत्तिको अलवा विभिन्न उपहार जित्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप