गण्डकीका १५ हिमाल आरोहणका लागि खुला

पोखरा । गण्डकी प्रदेश अन्तर्गतका १५ नयाँ हिमाल आरोहणका लागि खुला गरिएको छ । सरकारको निर्णयपछि मुस्ताङ र गोरखाका पिकहरू अब आरोहीले चढ्न पाउने छन् । खुला भएका नयाँ हिमालमा सबैभन्दा बढी मुस्ताङका छन् । मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका १ मा पर्ने ६ हजार ६२ मिटरको ज्याङलाटुन्पु पिक,६ हजार १८७ मिटर उचाइको केक्याप रि–१ र ६ हजार ११ मिटर उचाइको केक्याप रि–२ छन् ।
यस्तै, लोमन्थाङ गाउँपालिका ४ मा पर्ने ६ हजार ३६६ मिटरको छुआमा पिक, ६ हजार ३२५ मिटरको छुआमा २, ६ हजार २६८ मिटर उचाइको छुआमा पिक ३ तथा लोमन्थाङ ५ मा रहेको ६ हजार २२९ मिटर उचाइको चुङ्गेन चाङ्गमा, ६ हजार २९ मिटरको घ्युन हिमाल २, ६ हजार २७ मिटरको घ्युन हिमाल ३ पनि खुला भएको छ । सोही ठाउँको ६ हजार १८६ मिटर अग्लो मनसयल पूर्व र ६ हजार १६० मिटर अग्लो मुस्ताङ हिमाल पनि अब आरोहीका लागि खुलेको छ ।
लोमन्थाङ १ मा पर्ने दामोदर हिमाल शृङ्खलाको ५ हजार ८०७ मिटर अग्लो लुनाधार खाङ्ग, ५ हजार ८९७ मिटर अग्लो यारसाङ्ग खाङ्ग तथा गोरखाको गणेश हिमाल श्रृंखलामा पर्ने चुमनुब्री गाउँपालिका ३ र धार्चे १ को ६ हजार २५० मिटर उचाइको लुम्बो हिमाल पनि खुला भएको छ । डोल्पा र मुस्ताङको सीमानामा पर्ने धौलागिरी हिमाल शृङ्खलाको ६ हजार ३३८ मिटर अग्लो होङदे पश्चिमलाई समेत आरोहणका लागि सूचीकृत गरी राजपत्रमा प्रकाशन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन्दरीजल क्षेत्रमा खानेपानी नदिएको भन्दै सांसदको आपत्ति
-
लोकप्रियतावादबाट अगाडि बढ्न जरुरी छ : महत
-
संसद् भवनलाई समयमै सम्पन्न गर्ने विषयलाई ठेकेदारले हल्का रूपमा लिए : उपप्रधानमन्त्री सिंह
-
भरतपुरमा पार्क तथा खुल्ला चिडियाखाना बनाइने
-
लोकतन्त्रमा जे गरे पनि हुन्छ भन्ने अराजक मान्यता विकसित भयो : एमाले सांसद रिजाल
-
सम्बन्धमा मलजल जरुरी