संसद्को आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्ने परिस्थिति निर्माण गर्न सरकारलाई निर्देशन
सारांश
- संसदीय समितिले सरकारलाई आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन गर्न निर्देशन दिएको छ।
- समितिले निर्माणधीन भवनको दैनिक अनुगमन गर्न, गुणस्तर सुधार गर्न र समयमै काम सक्न निर्देशन दिएको छ।
- सभापति गैरेले तोकिएको समयमा भवन निर्माण नभएकोमा असन्तुष्टि जनाए।
- समितिले हरेक महिनाको कार्य प्रगतिको रिपोर्ट पेश गर्नुपर्ने बताए।
काठमाडौँ । संसद्को आगामी हिउँदे अधिवेशन नयाँ भवनबाट सञ्चालन हुने परिस्थिति निर्माण गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।
बिहीबार सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको हालसम्मको प्रगति सम्बन्धमा छलफल गर्न बसेको सङ्घीय संसद्अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
समिति सभापति ठाकुरप्रसाद गैरेले आगामी हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभा नयाँ संसद् भवनमा सञ्चालन होस् भन्ने आफूहरूको स्पीरिट रहेको बताए । उनले सम्झौताअनुसार फिल्डमा कार्यरत रहनुपर्ने मेसिनरी, मेटरियल र म्यानपावरको दैनिक अनुगमन गर्न, सामग्री तथा गुणस्तरको निरन्तर अनुगमन र त्यसमा देखिएको कमीकमजोरीको तत्काल सुधार गर्नुपर्ने निर्देशन दिन सरकारलाई निर्देशन दिए ।
उनले प्रविधि जडान र इन्टेरियर कार्यको सचिवालयका सम्बन्धित अधिकारीहरूसँग निरन्तर समन्वय र तोकिएको समयमा काम हुने गरी त्यसको अनुगमन गर्न समेत सरकारलाई आग्रह गरे । सभापति गैरेले हरेक महिना कार्य प्रगतिको अन्तिम मूल्याङ्कन र निष्कर्षसहितको १५–१५ दिनको रिपोर्ट तयार गरी समितिलाई समेत पठाउनुपर्ने बताए ।
उनले तोकिएको समयमा नयाँ संसद् भवन निर्माण नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै नयाँ थप गरिएको म्यादमा पनि संसद् भवन निर्माण हुनेमा शङ्का व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशक देउजा र अभिनेत्री सिंहलाई ‘छायाछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान गरिने
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण