लोकप्रियतावादबाट अगाडि बढ्न जरुरी छ : महत
सारांश
- सांसद प्रकाशशरण महतले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू उपयुक्त दिशातर्फ उन्मुख रहेको बताए।
- उनले बजेटले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूलाई समेटेर ठोस प्रस्ताव ल्याउनुपर्नेमा जोड दिए।
- महतले लोकप्रियतावादले देशमा समस्या सिर्जना गरेको र साधन स्रोतको उचित प्रयोगमा जोड दिनुपर्ने बताए।
- उनले बजेट घोषणाभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने र स्रोतको सदुपयोगमा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रकाशशरण महतले अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू उपयुक्त दिशातर्फ उन्मुख रहेको बताउँदै कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद महतले अगामी आर्थिक वर्षको बजेटले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरूलाई समेटेर ठोस प्रस्तावहरू ल्याउन सक्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘समग्रमा अर्थमन्त्रीद्वारा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता उपयुक्त दिशातर्फ उन्मुख छ । मूलभूत रूपमा आउने दिनमा कार्यान्वयनको अवस्था के रहनेछ ? बजेटले यी सिद्धान्त र प्राथमिकताहरूलाई समेटेर अगाडी बढ्न ठोस प्रस्तावहरू कसरी ल्याउँछ । तर यसमा केही कुराहरू छन् जसमा हामी अझै ठोस ढङ्गबाट प्रस्तुत हुन सक्थ्यौँ ।’
अब बजेटमार्फत घोषणा गर्ने मात्र नभई काम गर्न थाल्नुपर्नेमा सांसद महतको जोड छ । महतले थपे, ‘अहिलेको अवस्था के छ भने लोकप्रियतावादबाट हामी अगाडि बढ्न जरुरी छ । लोकप्रियतावादले यो देशमा धेरै समस्याहरू सिर्जना गरेको छ । अनावश्यक एक्सपेक्टेसन बढाएको छ । लोकप्रियताकै लागि दलका नेताहरू प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैले हामीले आफूसँग भएको साधन स्रोतलाई कसरी प्राथमिकीकरण गर्ने ? कसरी एक एक पैसाको सदुपयोग गर्ने ? भन्ने नीतिको मात्रै प्रभावकारिता देखिन्छ । त्यसले मात्रै मुलुकको अर्थतन्त्र उकास्न ठोस योगदान गर्छ भन्ने मलाई लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण