प्रधानमन्त्री ओलीको दोहोरो चरित्रले देश र जनताले दुःख पाएका छन् : साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो चरित्रले देश र जनताले दुःख पाइरहेको टिप्पणी गरेका छन् । साथै प्रधानमन्त्री ओलीले पद र पावरको दुरुपयोग गरिरहेको उनको आरोप छ ।
आजपा अध्यक्ष साहले आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो आरोप लगाएका हुन् । गत बुधबार सिराहा पुगेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट निर्वाचित धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय महतोलाई टिकामाला लगाई नेकपा (एमाले)मा प्रवेश गराएका थिए ।
एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एक पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो पार्टीमा प्रवेश गराउँदै गर्दा खुसी देखिएको तर उही प्रधानमन्त्री ओलीले २०८० सालको असोजमा रौतहटको मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहलाई पदमुक्त गराएको आजपा अध्यक्ष साहले बताए।
‘यदि विजय महतोको पार्टी प्रवेश वैध हो भने रिनाकुमारी साहको पदमुक्त के हो ?’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, अलिकति लाजको पनि इज्जत राखिदिनुस् । तपाईँको दोहोरो चरित्रले देशले धेरै दुख पाई सके । पद र पावर छ भन्दैमा जे पनि गर्ने काम बन्द गर्नुस् ।’
साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जसपा नेपालबाट निर्वाचित सिराहाको धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय महतोलाई टिका माला लगाई एमालेमा प्रवेश गराउने प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न, “तपाई कुन नैतिकताले मौलापुरको मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्नु भएको थियो ?” यदि विजय महतोको पार्टी प्रवेश वैध हो भन्ने रिनाकुमारी साहकी पदमुक्त के हो ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण