प्रधानमन्त्रीको प्रश्न : वियर र ह्वीस्की चोर्नेले क्रान्ति गर्छन् ?
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले वियर र ह्वीस्कीका बोतल चोरेर हिँड्नेहरुले क्रान्ति नगर्ने बताएका छन् ।
शुक्रबार बुटवलमा आयोजित जागरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिगमनका हल्लाहरु भएको भन्दै उनीहरु अलिअलि मान्छे देख्दा हौसिने गरेको बताए ।
‘प्रतिगमनका हल्लाहरु छन् । अलिअलि मान्छे देख्यो भने हौसिन्छन् । अनि क्रान्ति गरेको रे ! कस्तो क्रान्ति भन्दा मान्छेका घरमा आगो लगाएको छ, मान्छे मारेको छ, तोडफोड गरेको छ, ढुंगा हानेको छ, कसको घरमा ढुंगा हानेँ थाहा छैन । पसल लुटेको छ’, प्रधानमन्त्रीले भने, ‘वियरका वोतल लिएर भाग्नेहरुले क्रान्ति गर्छन् ? ह्वीस्कीका वोतल चोरेर भाग्नेहरुले क्रान्ति गर्छन् ? त्यस्ताले क्रान्ति गर्ने ? समाजमा परिवर्तन गर्ने ? उपद्रो गर्ने जिम्मा नलिने ? कोहीले जिम्मा लिनुपर्दैन ?’
उनले प्रतिगमनकारीले त्रास र आतंक फैलाउने काममात्र गरेको बताए । ‘कोही सारी लुंगी बोकेर कुदेका छन् अनि यो सरकारले यसो गरेन र उसो गरेन भनेर हिँडेका छन् ।’
प्रधानमन्त्री ओलीले २०७२ को संविधानपछि केही नभएको भन्ने भाष्य गलत रहेको भन्दै धेरै भएको तर अझै गर्न बाँकी रहेको बताए । उनले एमाले सधैं जनताको पक्षमा रहेको र काम गरिरहेको भन्दै देश अस्थिरतामा नजावस् भनेर नै वर्तमान गठबन्धन र सरकार बनेको बताए ।
‘सरकार परिवर्तन र आफु सरकारमा जानमात्र होइन, देशलाई सुशासन र विकास गर्न सहकार्य गरिएको हो’, प्रधानमन्त्रीको भनाइ छ । उनले वर्तमान सरकार ढल्ने होइन हल्लँदा पनि नहल्लिने दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
-
सामाजिक सञ्जाल ट्रायल र सिन्धुलीको वैचारिक सङ्घर्ष
-
नेता र राज्यका अङ्गहरू स्वार्थ समूहको गोजीमा थिए, त्यो जालो अब तोडिन्छ : अर्थमन्त्री
-
विश्व आदिवासी युवा सम्मेलन सम्पन्न
-
युवाहरूले बिदेसिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेको छ : अर्थमन्त्री वाग्ले
-
सहकारी ठगको पैसा सरकारी बजेटबाट तिर्न सुरु गरे वर्तमान व्यवस्था नै ढल्छ : दुर्गा प्रसाईं
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण