तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट
काठमाडौँ । विभिन्न जिल्लामा भएका आगलागीबाट लाखौँको धनमाल जलेर नष्ट भएको छ । रसुवा, दोलखा लगायतका जिल्लामा भएको आगलागीबाट धनमाल जलेर नष्ट भएको हो ।
रसुवाको नौकुण्ड गाउँपालिका–३ दुर्सा गाउँ बस्ने छेसाङ लामा घलेको घरमा शनिबार दिउँसो आगलागी हुँदा घर पूर्ण रूपमा जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै दोलखाको कालिन्चोक गाउँपालिका–४ हिलेपानी गुमु बस्ने दुर्गा कार्कीको भान्सा कोठामा विद्युत् सर्ट भई शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नितु कार्कीको भान्सा कोठामा समेत आगलागी हुँदा दुवै जनाको गरी करिब १ लाख ३५ हजार
रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उता महोत्तरीको मटिहानी नगरपालिका–८ बस्ने दिलिपशंकर साहको घरमा सोही ठाउँ बस्ने राजकुमार साहले सञ्चालन गरेको कपडा पसलमा विद्युत् सर्ट भई शनिबार राति आगलागी हुँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण