म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
काठमाडौँ । म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी स्वदेश फिर्ता भएको नेपाली सेनाकाे टोलीलाई जंगी अड्डामा सम्मान गरिएको छ । म्यानमारमा विनाशकारी भूकम्पमा परेर घाइते भएकाहरुको उपचार गरी स्वदेश फर्किएको २३ जनाको टोलीलाई आइतबार सम्मान गरिएको हो ।
प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डीमा आयोजित एक कार्यक्रमका बिच सो टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निसान’ द्वारा सुशोभित गरेका थिए ।
सो टोली चैत २० गते म्यानमार प्रस्थान गरी चैत २९ स्वदेश फर्किएको थियो । सेनाको सो टोलीमा शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकलहरु सहित खटिएको थियो ।
सो टोलीले म्यानमारमा १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाडजोर्नीसम्बन्धी उपचार र ९६५ जना बिरामीहरुलाई ओपीडी सेवा प्रदान गरेको थियो । सम्मान कार्यक्रममा सेनाका बलाध्यक्ष, रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिकाे ध्यानाकर्षण
-
अभिनेत्री उषा रजकको गुनासो : मलाई ‘ह्यारेसमेन्ट’ भयो, प्रहरीको सहयोग मिलेन
-
भ्याटमा ३० प्रतिशत अग्रीम कट्टीको व्यवस्था खारेज, निर्माण व्यवसायीको वर्षौँदेखिको माग पूरा
-
‘हुलाक ऐन, २०१९’ संशोधन गर्न माग
-
रित्तिँदै राहदानीको मौज्दात, सरकारभित्रै छैन एकमत
-
अफगानिस्तानमा रहेका बारुती सुरुङ हटाउने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण