वीरगञ्जमा उत्पन्न विवाद समाधान

वीरगञ्ज । वीरगञ्जमामा दुई समुदायबीचको उत्पन्न विवाद आइतबार समाधान भएको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा ११ घण्टाको लगातार बैठक पश्चात् वीरगञ्जको विवाद समाधान भएको हो ।
विभिन्न ५ बुदे सहमति गर्दै विवादको समाधान गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनका अनुसार बैठकले घटनाका दोषीलाई पहिचान गरी २४ घण्टाभित्र कानुनी दायरामा ल्याउने निर्णय गरेको छ ।
यसैगरी घटना घाइते भएकाहरुलाई नि:शुल्क उपचारको व्यवस्था मिलाउने, कुनैपनि सामुदायिक पर्वमा कसैले हातहतियार प्रदर्शन गर्न नपाउने, मदर्सासहितका धार्मिकस्थलहरुमा हुने पढाइको अनुगमन गर्ने तथा घटनाका दोषीलाइ कारबाही गर्दा कुनैपनि राजनीतिक दलबाट हस्तक्षेप नहुनेसहितको सहमति भएको प्रमुख जिल्ला अधिकारी अर्यालले जनाए ।
हिजोदेखि वीरगञ्ज आसपासमा लगाइएको कर्फ्युबारे भने साँझमा निर्णय लिइने जिल्ला प्रशासन कार्यालयले पर्साले जनाएको छ । चैत्र ३० गते हनुमान जयन्तीको शोभायात्राको क्रममा विवाद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर