प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
सोमबार, ०१ वैशाख २०८२, ०० : ४४
काठमाडौं । लिभरपुलले इंग्लिश प्रिमियर लिग फुटबलको उपाधिमा सोझो कब्जा जमाउने सम्भावना बढेर गएको छ । आइतबार राती भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २-१ ले हराएर अंक दुरी झन् बढाएको छ ।
यो खेलसँगै दोस्रो स्थानको आर्सनलसँग लिभरपुलको अंक दुरी १३ अंकमा पुगेको छ । यसले लिभरपुलले उपाधिमाथि सोझो कब्जा जमाउने सम्भावना बढेर गएको हो ।
लिभरपुलको ३२ अेलबाट ७६ अंक भएको छ भने आर्सनलको समान खेलबाट ६३ अंक छ । तेस्रो स्थानको नटिङघमको झन् ५७ अंक छ ।
प्रिमियर लिगमै चेल्सी इप्सविच टाउनसँग २-२ को बराबरीमा रोकिँदा उल्भ्सले टोटनह्याम हट्स्परलाई ४-२ ले हरायो । यस्तै, न्यूक्यासल युनाइटेडले म्यान्चेस्टर युनाइटेडलाई ४-१ गोल अन्तरले हराउँदै महत्वपूर्ण ३ अंक खोस्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण