नेपाल एयरलाइन्सद्वारा ऋण बापतको ५३ करोड ९ लाख भुक्तानी
काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई बाइडबडी जहाजको लागि लिएको ऋणको किस्ता भुक्तानी गरेको छ ।
एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । जसअनुसार ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडी जहाजको आंशिक गरी चैत्र ३१ गते ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको निगमका प्रवक्ता सुवास डाँगीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् निगमले २०८१ चैत्र सम्मको अवधिमा ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको समेत उनले बताए ।
साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा परेको असर अवधिको व्याज, व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ । यस सम्बन्धमा छलफल समेत भइरहेको निगमको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण