नयाँ वर्षकै दिन फिल्म ‘जारी २’ को निर्माण घोषणा, मुख्य भूमिकामा दयाहाङसहित को-को ?
काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसर पारेर अभिनेता दयाहाङ राई, विजय बराल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म जारीको सिक्वेल ‘जारी २’ निर्माण घोषणा गरिएको हो ।
निर्माण युनिटले फिल्मकाे एक पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेको हो ।
पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । पोस्टरमा स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ ।
‘जारी २´ पनि जारी निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । फिल्म यही वर्षको दसैँमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।
कवी उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
वैशाख तेस्रो साताबाट फ्लोरमा जाने फिल्ममा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मलाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । फिल्मको सम्पूर्ण छायाङ्कन पाँचथरको विभिन्न पर्यटकीय गन्तव्यमा गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
-
ट्रकमा फल्स बटम बनाई लुकाइछिपाई राखेको गाँजासहित दुई जना नियन्त्रणमा
-
डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण