बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय

नयाँ वर्ष पारेर राजेश हमाल सरे बुढानीलकण्ठस्थित नयाँ घर

सोमबार, ०१ वैशाख २०८२, ११ : ३०
सोमबार, ०१ वैशाख २०८२

काठमाडौँ । अभिनेता राजेश हमाल बुढानीलकण्ठको नयाँ घरमा सरेका छन् । नयाँ २०८२ को अवसर पारेर उनी सोमबार  (आज) पूजा गर्दै नयाँ घरमा सरेका हुन् ।

यसअघि हमाल कपुरधारास्थित घरमा बस्दै आएका थिए । कपुरधाराको उक्त घर भत्काइएको कारण उनले बुढानीलकण्ठमा नयाँ घर बनाएका हुन् । राजेश पहिलो पटक काठमाडौँ आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगेका थिए । जहाँ राजेशले दसकौँ बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो ।

हमालको नयाँ घरमा बुढानीलकण्ठस्थित सिद्धार्थ कोलोनीमा रहेको छ । एक रोपनी क्षेत्रफलमा उनले नयाँ घर बनाएका छन् ।

कपुरधाराको घर भत्काइएपछि उनी बुढानीलकण्ठको नयाँ घर  नजिकैको एक घरलाई भाडामा लिएर बसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप