राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
काठमाडौँ । कमलपोखरी स्थित सिटी सेन्टरमा अत्याधुनिक प्रविधिमा आधारित १८ डी सिनेमा सञ्चालनमा आएको छ । नयाँ वर्षको विशेष अवसर पारी सञ्चालनमा आएको सिनेमा अभिनेता राजेश हमालले उद्घाटन गरे ।
समारोहमा हमालले आफैँले पनि १८ डी सिनेमाको अनुभव लिए । कार्यक्रममा हमालले १८ डी प्रविधिबाट हरेक दृश्यमा आफू समावेश भएजस्तै महसुस भएको उल्लेख गरे । यस्तो रोमाञ्चक अनुभव पहिले कहिल्यै नभएको उनले बताए ।
सिटी सेन्टरको तेस्रो तल्लामा सञ्चालनमा आएको यो सिनेमालाई एक पटकमा १० जना दर्शकले मात्र हेर्न पाउने छन् । फ्लाईओभर इन्टरटेन्मेन्टका राम थापा र हिमाल गुरुङद्वारा सञ्चालनमा ल्याइएको यो सिनेमामा दर्शकले दृश्य, ध्वनि, गति, हावा र कम्पनको तालमेलसहित फिल्मको वास्तविक संसारमा पसेको आभास पाउनेछन्।
सञ्चालक गुरुङका अनुसार, यहाँ दर्शकहरूले डायनासोरको युगको यात्रा, समुद्रको गहिराइमा खोजी, अन्तरिक्षको युद्ध, र जंगल एडभेञ्चरजस्ता रोचक र साहसिक फिल्महरू ५ देखि ३० मिनेटको अवधिमा हेर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण