रुसको ठुलो आक्रमणपछि जेलेन्स्कीमाथि फेरि खनिए ट्रम्प

वासिङ्टन डिसी । युक्रेनमा भएको ठूलो रुसी आक्रमणमा ३५ जनाको मृत्यु र ११७ जना घाइते भएको एक दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग युद्ध सुरु गरेकोमा भ्लोदोमिर जेलेन्स्कीलाई दोष दिएका छन्।
अमेरिकी राष्ट्रपतिले जेलेन्स्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगै युक्रेन युद्धमा ‘लाखौं मानिसहरू मारिनु’ मा जिम्मेवार बताए। "तपाईं आफ्नो २० गुणा ठूलो देशविरुद्ध युद्ध सुरु गरेर मानिसहरूले तपाईंलाई केही क्षेप्यास्त्र दिन्छन् भन्ने आशा गर्नुहुन्न," उनले ह्वाइट हाउसमा पत्रकारहरूलाई भने । उनले द्वन्द्वको लागि पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि दोष दिए।
आइतबार युक्रेनी शहर सुमीमा रूसले गरेको आक्रमणप्रति व्यापक आक्रोश पछि ट्रम्पको टिप्पणी आएको हो। यो यस वर्ष सर्वसाधारणमाथि भएको सबैभन्दा घातक रूसी आक्रमण थियो।
आक्रमणको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले यो ‘भयानक’ भएको र रुसले ‘गल्ती गरेको’ बताए । यसबारे तर विस्तृत विवरण भने दिएनन्।
‘तीन जनाका कारण लाखौं मानिसको मृत्यु भयो,’ ट्रम्पले सोमबार भने, ‘पुटिनलाई नम्बर एक भनौं, बाइडेनलाई नम्बर दुई भनौं, जसलाई थाहा थिएन कि उनी के गर्दैछन्, र जेलेन्स्की।’
२४ फेब्रुअरी २०२२ मा रूसले युक्रेनमा आक्रमण सुरु गरेदेखि यता लाखौं मानिसहरू मारिएका वा घाइते भएका अनुमान गरिएको छ।
जेलेन्स्कीको क्षमतामाथि प्रश्न उठाउँदै ट्रम्पले युक्रेनी नेता ‘सधैं क्षेप्यास्त्र खरिद गर्न खोजिरहेका’ टिप्पणी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक
-
असार २२ गते त्रिभुवन विश्वविद्यालयले बाेलायाे सभा
-
त्रिभुवन विश्वविद्यालयले काज बिदामा कडाइ गर्ने
-
बस्नेतको नियुक्तिमा अदालतको रोक, बर्खास्त तामाङ पुनः पदमा फर्किने
-
रुटिन अफ नेपाल प्रालिका भिक्टर पौडेलविरुद्ध कारण देखाउ आदेश जारी
-
सेयर बजारमा सामान्य सुधार, कारोबार रकम १३ अर्ब नाघ्यो