दाङमा चलचित्र निर्माण कार्याशाला हुने
बिहीबार, ०४ वैशाख २०८२, १३ : ०२
काठमाडौँ । यहि वैशाख २५ देखि ३१ गतेसम्म दाङमा चलचित्र निर्माण कार्याशाला हुने भएको छ । चलचित्र निर्देशन, पटकथा लेखन र छायाङ्कन सम्बन्धि सैद्धान्तिक एवं प्रयोगात्मक कक्षाहरु सञ्चालन हुनेगरी कार्यशाला आयोजना हुन लागेको हो ।
पहल नेपालको आयोजना रहेको कार्यशालामा सहभागी प्रशिक्षार्थीहरुद्वारा लघु चलचित्र निर्माण गरिने र उत्कृष्ट ३ लघु चलचित्रलाई पुरस्कृत समेत दिइने पहल नेपालका अध्यक्ष तथा चलचित्रकर्मी केएल बुढाथोकीले बताए ।
कार्यशालामा चलचित्रकर्ममा संलग्न जुनसुकै उमेर समूहका व्यक्तिले सहभागतिा जनाउन सक्नेछन् । दाङमा चलचित्र निर्माण गतिविधि अगाडि बढाउन र चलचित्र निर्माणमा रहेकालाई ब्यवस्थित रुपमा अगाडि बढाउन कार्यशालाले लाभदायक सिद्ध हुने बुढाथोकीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिकाको रकम हिनामिना लुकाउन मेयरले आफ्नै अपहरणको नाटक गरेपछि...
-
‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
-
दक्षिण एसिया मामलामा अमेरिकाले भारतसँग सोध्न छोडेको छ
-
हामी एआईलाई सबैका लागि सुरक्षित बनाउन सक्छौँ
-
मौद्रिक नीतिमा नीतिगत लचकता अपनाउन सुझाव
-
मेक्सिकोविरुद्धको खेलमा इंग्ल्यान्डका खेलाडीले किन प्रयोग गर्दैछन् भियाग्रा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण