‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने
सारांश
- फिल्म 'अक्षरा' दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ ।
- फिल्म स्वदेशमा भदौ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
- दक्षिण कोरियामा फिल्म प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।
काठमाडौँ । फिल्म ‘अक्षरा’ दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ । क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्म दक्षिण कोरियामा ‘केटीएम २ सोल’ नामक कम्पनीले किनेको हो । फिल्म स्वदेशमा भदौ २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । दक्षिण कोरियामा प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन ।
सोनी थापा (ढुङ्गाना)को प्रस्तुतिमा निर्माण भएको यो फिल्मलाई विनय राज पौडेलले निर्देशन गरेका हुन् । फिल्ममा सुशील सिटौला, न्यान्सी खड्का, सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको मुख्य भूमिका छ। बालकालकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना रहेका छन् । अभिनेत्री न्यान्सीले यसअघि ब्लकबस्टर फिल्म ‘१२ गाउँ’मा काम गरिसकेकी छन् ।
फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्माताका रूपमा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्मको कथा निर्माता उग्रसेन आफैँले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलको संयुक्त लेखनमा तयार भएको हो।
फिल्ममा दिपेन बस्न्यातको छायाङ्कन, रामजी लामिछानेको कोरियोग्राफी र शंकर महर्जनको द्वन्द्व छ। फिल्मलाई नेशनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
-
दुई आईजी अमेरिका प्रस्थान
-
दलाई लामाको जन्मदिनमा औपचारिक कार्यक्रम र जुलुस गर्न नदिने सुरक्षा समितिको निर्णय
-
नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अगस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण