लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीबार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउन बालेको आगो (घुर)ले आगलागी हुँदा पाँच परिवरका १० वटा घर जलेर नष्ट भएको हो । जहाँ ६० लाख बराबरक्षति भएको स्थानीय वीरेन्द्रकुमार यादवले बताए ।
स्थानीय बाबुनन्द गोइत, रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतका घर जलेर नष्ट हुँदा ६० लाख बराबरको क्षति भएको उनले जानकारी दिए ।
आगलागीमा स्थानीय बाबुनन्द गोइतको एक लाख नगद नै जलेर नष्ट भएको छ । त्यसैगरी, आगलागीमा घरभित्र रहेका फर्निचरसहित सम्पूर्ण सामग्री, सुनचाँदीलगायत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा प्रहरी निरीक्षक दिनेश अधिकारीले बताए ।
स्थानीय बाबुन्दको घरबाट आगलागी भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, कोशी गाउँपालिकाको बारुणयन्त्रको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल च्यालेन्ज प्रो-एम : मगरको टिमलाई उपाधि
-
नेसपा गंगानारायण श्रेष्ठ समुहद्वारा केन्द्रीय समिति पुनर्गठन
-
कोटेश्वरबाट करिब २९ लाख नगद र सुन चाँदीसहित भारतीय युवक पक्राउ
-
लुम्बिनी प्रदेश सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
-
थेबेलाई दोहोर्याउने पक्षमा ओली र विद्या, युवा संघको महाधिवेशन स्थलमा नाराबाजी
-
रानीबारीमा सुन र मोबाइल चोरी