खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे
कास्की । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रमा लगानी वृद्धि गरेर सबैका लागि खेलकुद अवसर प्रदान गर्दै युवा प्रतिभा विकास गर्नुपर्ने बताएका छन् ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको शुक्रबार समापन समारोहमा उनले खेलकुदमा लगानी गर्न पुरानो पुस्ता हिच्किचाउने गरेको उल्लेख गरे ।
“खेलकुदका नयाँ पूर्वाधार विकास र अधुरा काम छिटो पूरा गर्न सबैको ध्यान जानुपर्दछ । अहिले स्थानीय युवाको सक्रियता र सरकारको ध्यान पुग्दा केही काम भएका छन् । सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता छ,” सभामुख घिमिरेले भने ।
खेलको माध्यमबाट सम्बन्ध विकास, युवाको सक्रियतालाई बढाउने, युवाको निराशा अन्त्य र प्रतिस्पर्धामा अगाडि बढ्दै अन्तरराष्ट्रिस्तरमा देशलाई चिनाउने काम गरेको उनको भनाइ छ ।
“नेपालले छोटो समयमै खेलकुदमा अन्तरराष्ट्रिय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । खेलको माध्यमबाट पर्यटन विकास र कूटनीतिक सम्बन्ध विकास भएको छ । युवालाई खेलकुदमा अघि बढाउँदै नेपाललाई विश्वव्यापी रुपमा खेलको आकर्षक देशमा चिनाउनुपर्दछ”, सभामुख घिमिरेले भने ।
राज्यले प्रतिभालाई नयाँ मञ्च स्थापना गर्दै भौतिक पूर्वाधार विकास र रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।
एकेडेमीका अध्यक्ष धुव्र आचार्यले क्रिकेटको विकासका लागि आफ्नै टिम बनाउने बताउनुभयो । उनले यो प्रतियोगिताबाट छनोट भएका खेलाडीसहित अन्य खेलाडीको छनोट गरिने जानकारी दिए ।
आचार्यले भने, “छनोट भएका खेलाडीलाई सम्पर्क गर्ने र नियमित प्रशिक्षणको व्यवस्था गर्नेछौँ । उचित सेवा सुविधा खेलाडीलाई प्रदान गर्नेछौँ ।” प्रतियोगितामा कूल १६ टिमको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण