शुभयात्रा कलेक्सनको आउटलेट विस्तार
काठमाडौँ । शुभयात्रा कलेक्सन प्रालिले नयाँ बानेश्वरमा नयाँ आउटलेट सुरू गरेको छ ।
उच्च शिक्षा हासिल गर्नका लागि अन्तराष्ट्रिय मुलुक जाने विद्यार्थीहरूलाई लक्षित गर्दै एकै छानामूनी विदेश लैजान आवश्यक सबै सामान उपलब्ध गराउँदै आएको कम्पनीले आफ्नो शाखा बानेश्वरमा शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अध्यक्ष दर्शन खनालका अनुसार नयाँ आउटलेटमा लत्ताकपडा, युटेन्सिल्स, इलेक्टोनिक्स् सामान, जुत्ता, ब्यागेज, स्टेशनरी लगायतका विभिन्न सामानहरू उपलब्ध रहेको छ ।
विदेशमा उच्च शिक्षाका लागि जान लागेका विद्यार्थीहरूको सामान पनि उपलब्ध गराइएको कम्पनीको भनाइछ । कम्पनीले सफारी, गोल्डस्टार जुत्ता तथा ३६५, एलभीडी लगायतका अन्य सामानहरू समेत आउटलेटमा राखेको छ ।
साथै नयाँ आउटलेट शुरू गरिएको अवसरमा कम्पनीले स्पिनिङ ह्वीलमा ७५ प्रतिशतसम्म छुटको समेत व्यवस्था गरेको अध्यक्ष खनालले जानकारी दिए । उनका अनुसार यो अफर एक साताका लागि मात्र मान्य हुनेछ ।
करिब साढे २ वर्षदेखि काठमाडौंको पुतलीसडकमा सञ्चालन हुँदै आएको शुभयात्रा कलेक्सनको यो दोस्रो शाखा हो । विद्यार्थीहरूको मागलाई लक्षित गर्दै कम्पनीले अन्य स्थानमा पनि शाखा सञ्चालन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
-
इरानलाई ‘राम्रो आचरण देखाउन’ ट्रम्पको चेतावनी
-
३५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
-
पोखरा, काठमाडौँ र ओखलढुङ्गामा वर्षाको सम्भावना सबैभन्दा बढी
-
केन्द्रले छाप्यो २६ लाख लाइसेन्स, सकियो चार वर्ष यताको ‘ब्याकलग’
-
अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र पार्यो, इरानको जवाफी प्रहार कुवेत र जोर्डनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण