मकवानपुर महिला गोल्डकप : ८ क्लब सहभागी हुने

मकवानपुर । आगामी वैशाख १९ गतेदेखि मकवानपुरमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुर महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।
संघले विगत ६ वर्षदेखि पुरुष तर्फ गोल्डकप गर्दै आएको प्रतियोगितालाई परिमार्जन गरेर महिला गोल्डकप आयोजना गर्ने बताएको छ । संघका सचिव छवि सुवेदीका अनुसार हरेक वर्ष हुँदै आएको ‘सहीद स्मृती मकवानपुर राष्ट्रिय गोल्डकप’ यस पटक महिलाको गर्ने तयारी गरिएको हो । पछिल्लो समय महिला फुटबलको बढ्दो क्रेजलाई मध्यनजर गर्दै महिला खेलाडीको प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्ने तयारी भएको उनले बताए ।
वैशाख १९ गतेदेखि गौरीटार रंगशालामा सुरु हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने उनले बताए । जसमा ३ विभागीय टिम सहित ५ वटा जिल्लाका क्लबले सहभागिता जनाउने उनको भनाई छ । प्रतियोगितामा विभागीय टिमहरू नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराका क्लबले सहभागिता जनाउने संघका सचिव सुवेदीले बताए ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ ।
प्रतियोगिताको प्रायोजकका रूपमा मकवानपुरका १० वटा स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद् लगायत स्थानीय संघ संस्था रहेका छन् । उनका अनुसार प्रतियोगिताको लागि खेलकुद विकास परिषद्ले २० र हेटौँडा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध
-
उडानका क्रममा एयर होस्टेसलाई यौन दुर्व्यवहार गर्ने भारतीय यात्रीलाई जेल
-
बट्लरको स्थानमा यी खेलाडीलाई भित्र्याउँदै गुजरात
-
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा
-
एप्पलले भारतमा आइफोन बनाएको हेर्न चाहँदैनन् ट्रम्प
-
२०८२ भित्रै ११औँ महाधिवेशनको मुडमा अध्यक्ष ओली