मकवानपुर महिला गोल्डकप : ८ क्लब सहभागी हुने
मकवानपुर । आगामी वैशाख १९ गतेदेखि मकवानपुरमा महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा मकवानपुर महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।
संघले विगत ६ वर्षदेखि पुरुष तर्फ गोल्डकप गर्दै आएको प्रतियोगितालाई परिमार्जन गरेर महिला गोल्डकप आयोजना गर्ने बताएको छ । संघका सचिव छवि सुवेदीका अनुसार हरेक वर्ष हुँदै आएको ‘सहीद स्मृती मकवानपुर राष्ट्रिय गोल्डकप’ यस पटक महिलाको गर्ने तयारी गरिएको हो । पछिल्लो समय महिला फुटबलको बढ्दो क्रेजलाई मध्यनजर गर्दै महिला खेलाडीको प्रोत्साहनका लागि प्रतियोगिता आयोजना गर्ने तयारी भएको उनले बताए ।
वैशाख १९ गतेदेखि गौरीटार रंगशालामा सुरु हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहने उनले बताए । जसमा ३ विभागीय टिम सहित ५ वटा जिल्लाका क्लबले सहभागिता जनाउने उनको भनाई छ । प्रतियोगितामा विभागीय टिमहरू नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बाराका क्लबले सहभागिता जनाउने संघका सचिव सुवेदीले बताए ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ ।
प्रतियोगिताको प्रायोजकका रूपमा मकवानपुरका १० वटा स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद् लगायत स्थानीय संघ संस्था रहेका छन् । उनका अनुसार प्रतियोगिताको लागि खेलकुद विकास परिषद्ले २० र हेटौँडा उपमहानगरपालिकाले २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कारागारमा उत्पादित सामग्रीको माग घट्यो
-
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री
-
रास्वपामा गहिरिँदो सङ्कट, नेताहरूमा किन बढ्दैछ असन्तुष्टि ?
-
कालिकोटमा कालाजारको बिरामी देखियो
-
इजरायललाई रहम इमानुएलको चेतावनी- अब नि:शर्त अमेरिकी सहायता हुँदैन
-
कर्मचारीले कार्यालय पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाउने (आचारसंहिताको पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण