बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीमा अधिकारीको नेतृत्व

शनिबार, ०६ वैशाख २०८२, २१ : ५६
शनिबार, ०६ वैशाख २०८२

काठमाडौँ । विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको छ। सन् २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी चयन भएका छन्।

भेलामा निर्वाचित कार्यसमितिले नेपाली खानाको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार, गुणस्तर अभिवृद्धि तथा नेपाली सेफहरूको पेशागत क्षमता विकासमा संस्थागत रूपमा क्रियाशील हुने प्रतिबद्धता जनाएको छ।

नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्याम अमगाईं,  उपाध्यक्षहरूमा सूर्य भण्डारी, साइ कुमार शर्मा, श्याम भण्डारी,  महासचिवमा दीपक कार्की, सचिवमा बलराम खतिवडा,सह–सचिवमा राज कुमार गिरि चयन भएका छन् । 

यसैगरी कोषाध्यक्षमा विष्णु खत्री र सह–कोषाध्यक्षमा हरिराज घिमिरे चयन भएका छन् । यसैगरी सदस्यहरूमा उद्धव श्रेष्ठ, फणीन्द्र पन्थ, लक्षण सापकोटा, राम सेन, वरुण सिंह चयन हुँदा बोर्ड सदस्यहरूमा लालबहादुर कौशल, वासुदेव भुसाल, रेसमबहादुर लामा, हुमन लिम्बु, कुमार तिमिल्सिना, ईश्वर पन्त, सुवास थापा, सरोज थापा, शखबिर लामा, कृष्णहरि सापकोटा, बाबुराम कार्की, दीपक मरासिनी, अमरदीप कार्की, दीपक भुसाल, विनोद सोनी, विमल कार्की, टेक खनाल, गोविन्द राई, राम कुमार जोशी, प्रकाश बुढाथोकी, वेदप्रसाद अधिकारी चयन भएका छन् । 

यसैगरी सोसाइटीको प्रवक्तामा युवराज तामाङ चयन भएका छन् । सोसाइटीले नवगठित कार्यसमितिका सबै पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। आगामी दिनमा संस्थाले नेपाली सेफहरूको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्न विभिन्न कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्ने तयारी गरिरहेको जनाइएको छ।

यसैबिच सोसाइटीकै आयोजनामा शनिबार भृकुटीमण्डपमा फुड फेस्टिभल सम्पन्न गरिएको छ । महोत्सवमा ५० वटा स्टल, (४० वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, पाँच वटा पर्यटन जानकारी) रहेको थियो । खानाका स्टलमा विभिन्न जात जातिको खाना (नेवारी, थारु, राई लिम्बु, थकाली, आदि) को परिकारहरू राखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप