प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाले शानदार जित हासिल गरेका छन् । शनिबार राती भएको खेलमा ब्रेन्टफोर्डलाई ब्राइटनविरुद्ध ४-२ को जित हासिल गर्दा एस्टन भिल्लाले न्यूक्यासल युनाइटेडलाई ४-१ गोल अन्तरले हरायो ।
यो हारपछि पनि न्यूक्यासल तेस्रो स्थानमा कायमै रहँदा भिल्लाले एक स्थान सुधार गरेको छ । भिल्लाले चेल्सीलाई पछि पार्दै छैठौं स्थान ओगटेको छ । यस्तै, ब्राटनलाई हराए पनि ब्रेन्टफोर्ड एक स्थान पछि ११ औं नम्बरमा छ ।
प्रिमियर लिगमै म्यान्चेस्टर सिटीले एभर्टनलाई २-० ले हराउँदा क्रिष्टल प्यालेस र बर्नमथले गोलरहित बराबरी खेले । यस्तै, वेष्ट ह्याम युनाइटेड र साउथह्याम्पटनले १-१ को बराबरी खेल्दै अंक बाँडे । लिगको उपाधिका दावेदारीमा भने लिभरपुल एकलौटी अघि छ । उसले ३२ खेल खेल्दा दोस्रो स्थानको आर्सनलसँग १३ अंकको दुरी कायम गरेको अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण