प्रिमियर लिगमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाको शानदार जित

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्ड र एस्टन भिल्लाले शानदार जित हासिल गरेका छन् । शनिबार राती भएको खेलमा ब्रेन्टफोर्डलाई ब्राइटनविरुद्ध ४-२ को जित हासिल गर्दा एस्टन भिल्लाले न्यूक्यासल युनाइटेडलाई ४-१ गोल अन्तरले हरायो ।
यो हारपछि पनि न्यूक्यासल तेस्रो स्थानमा कायमै रहँदा भिल्लाले एक स्थान सुधार गरेको छ । भिल्लाले चेल्सीलाई पछि पार्दै छैठौं स्थान ओगटेको छ । यस्तै, ब्राटनलाई हराए पनि ब्रेन्टफोर्ड एक स्थान पछि ११ औं नम्बरमा छ ।
प्रिमियर लिगमै म्यान्चेस्टर सिटीले एभर्टनलाई २-० ले हराउँदा क्रिष्टल प्यालेस र बर्नमथले गोलरहित बराबरी खेले । यस्तै, वेष्ट ह्याम युनाइटेड र साउथह्याम्पटनले १-१ को बराबरी खेल्दै अंक बाँडे । लिगको उपाधिका दावेदारीमा भने लिभरपुल एकलौटी अघि छ । उसले ३२ खेल खेल्दा दोस्रो स्थानको आर्सनलसँग १३ अंकको दुरी कायम गरेको अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पटक म्याद थप्दा पनि टुङ्गिएन कांग्रेसको क्रियाशील सदस्यता नवीकरण
-
सर्वसाधारणलाई बोलाएर गरियो ‘के घर के डेरा : घर नम्बर २’ को प्रिमियर, तस्बिरहरू
-
मतदाता नामावली : १९ हजारभन्दा बढी मतदाता थपिँदा अन्यमा घट्यो
-
‘नरसिंहाः अवतार’ को विदेशी बजारमा माग बढ्दो
-
दीपक र रेजिनालाई ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान’ प्रदान
-
मध्यपश्चिम विश्वविद्यालयलाई नसुधारिएको कि सुधार्न नखोजिएको ?