बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

प्रहरीकै परीक्षामा नक्कली परीक्षार्थी, युवती पक्राउ

आइतबार, ०७ वैशाख २०८२, २० : ५६
आइतबार, ०७ वैशाख २०८२

पोखरा । प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी फेला परेका छन् ।

लोकसेवा आयोग पोखराले सञ्चालन गरेको जनपदको जवान परीक्षामा एक नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । 

वैशाख ६ गते बिहान ८ बजे भएको परीक्षामा दर्ता नं ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्कै व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा प्रहरीले छानबिन गरेको हो । 

अनुसन्धान गर्दा ज्ञानुता विश्वकर्मालाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए । उनलाई शिक्षा ऐनसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप