नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा ढकाल सर्वसम्मत
आइतबार, ०७ वैशाख २०८२, २१ : ०८

पोखरा । नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । सातौं जिल्ला अधिवेशनबाट ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
उपाध्यक्षमा विकास मरहट्टा, सचिवमा सुजन न्यौपाने, कोषाध्यक्षमा गुणबहादुर रोका, सहसचिवमा मोहसिन अलिमियाँ र दानबहादुर गुरुङ चयन भए ।
सदस्यहरुमा आदिवासी जनजातितर्फ बिबर गुरुङ, समावेशीमा संगीता चेपाङ चयन भए ।
खुला सदस्यहरुमा राजेश पौडेल, विमल श्रेष्ठ, मेलिना बराम र सुदीप श्रेष्ठ चयन भएका निर्वाचन समिति संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए ।
सदस्यता विवादका कारण देशभर निर्वाचन भएपनि गोरखामा स्थगीत भएको थियो । तर अहिले पनि विवादकै बीच निर्वाचन भएको हो ।