प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलले सहज जित निकाले पनि उपाधि कब्जा गर्न अझै एक खेल पर्खिनु पर्ने भएको छ । आइतबार राती भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई १-० ले हराए पनि दोस्रो स्थानको आर्सनल समेत विजयी भएसँगै पाँच खेल अगावै उपाधि हत्याउने योजना गडबड भएको हो । लिभरपुल उपाधि नजिक पुगे पनि ट्रफी उचाल्न अझै अर्को खेल कुर्नु पर्ने भएको छ ।
लेस्टरको घरेलु मैदानमा लिभरपुललाई जिताउन अलेक्जेन्डर अर्नोल्डले गोल गरे । यो जितसँगै लिभरपुलको ३३ खेलबाट ७९ अंक भएको छ । समान खेलबाट आर्सनलको ६६ अंक भएको छ ।
आर्सनलले इप्सविच टाउनलाई ४-० ले हराएसँगै लिभरपुललाई प्रिमियर लिगको उपाधि जित्न अझै कम्तीमा एक हप्ता पर्खनुपर्ने भएको हो । लिगको शीर्ष स्थानमा रहेको लिभरपुललाई इङ्लिस फुटबल इतिहासमा बराबरी गर्ने गरी २०औं उपाधि जित्न मात्र ६ अंक आवश्यक थियो । इप्सविचविरुद्ध आर्सनलको जितले माहोल फेरियो ।
यस्तै, प्रिमियर लिग मै चेल्सीले फुलहमलाई २-१ ले हराउँदा म्यान्चेस्टर युनाइटेड उल्भ्ससँग १-० ले पराजित भयो । हालको स्थितिमा न्यूक्यासल युनाइटेड तेस्रो, म्यान्चेस्टर सिटी चौथो र चेल्सी पाचौं स्थानमा रहँदा म्यान्चेस्टर युनाइटेड भने अंक तालिकाको १४ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण