आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

मिस नेपाल क्यानडाको उपाधि अनु सुबेदीलाई, मिसेस नेपाल क्यानडा बनिन् मेग्ना बस्नेत

सोमबार, ०८ वैशाख २०८२, १० : ०८
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । मिस नेपाल क्यानडाको उपाधि अनु सुबेदी र मिसेस नेपाल क्यानडाको उपाधि मेग्ना गजमेरले जितेकी छिन् । दुवै विजेतालाई मिसेस नेपाल क्यानडा २०२४ को विजेता सृष्टि श्रेष्ठले ताज लगाइदिइन् ।

त्यस्तै गरी फस्ट रनर अप मिसेस मञ्जु बस्नेत फास्ट रनरअप मिस प्रशंसा भट्ट सेकेन्ड रनर अप मिसेस प्रतीक्षा कुँवर सेकेन्ड रनर अप मिस स्वर्णपरी श्रेष्ठले पाइन् ।

miss nepal canda (2)

त्यस्तै अन्य विधाहरूमा क्याटवक - अनु सुबेदी, फोटोजेनिक प्रतीक्षा कुँवर, विस्डम सरिता पन्त, पिपुल्स च्वइस अवार्ड पुष्पाञ्जली आचार्य, एलेकुअन्त मञ्जु बस्नेत, कन्फिडेन्स स्वर्णपरी श्रेष्ठ , वेस्ट ड्रेस प्रशंसा भट्ट, काइन्डनेस मेग्ना गजमेर सोसियल इम्प्याक्ट अनु सुबेदी र इन्स्पिरेसन विधामा पुष्पाञ्जली आचार्यले अवार्ड पाइन्।

शनिबार क्यानडाको ब्राम्टोन स्थित स्प्रेन्जा पार्टी हलमा सम्पन्न भएको यो कार्यक्रममा १० प्रतियोगीले सहभागिता जनाएका थिए। यो पटक ओन्टारियोसहित अन्य प्रान्तबाट पनि प्रतियोगीले सहभागिता जनाएका थिए ।

miss nepal canda (3)

नेपलिज क्यानेडियन पाजेन्ट इन्कले आयोजना गरेको कार्यक्रम नेपाली समुदायका प्रतिनिधि, व्यवसायीहरू, साउथ एसियन क्यानेडियन फेसन एन्ड इन्टरटेनमेन्ट फिल्डका प्रतिनिधिहरू लगायतको उपस्थिति थियो ।

प्रवासमा बसोबास गर्ने नेपाली महिलाहरूको सशक्तीकरण, आत्मविश्वास र नेतृत्व विकासमा सहजता होस् भनेर यस्तो किसिमको प्रतियोगिता आयोजना गरिएको आयोजक संस्था नेपलिज क्यानेडियन पाजेन्ट इन्कका डाइरेक्टर चन्दा श्रेष्ठले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप