शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

फौजदारी अभियोगमा सजाय पाएका कर्मचारी पेन्सन सुविधाबाट वञ्चित हुनु हुँदैन : सांसद दिलेन्द्रप्रसाद बडू

सोमबार, ०८ वैशाख २०८२, १४ : ३०
सोमबार, ०८ वैशाख २०८२

काठमाडौँ । नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कर्मचारीले दोहोरो सुविधा लिन नपाउने गरी कानूनी व्यवस्था गर्न लागिएको बताएका छन् । 

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले हालसम्म सरकारी कर्मचारी निवृत्तिभरण भइसकेपछि प्राप्त हुने पेन्सन तथा सरकारी नियुक्तिबापतको सुविधा गरी दोहोरो सुविधा लिने गरेको बताए । 

उनले कानूनमा केही पनि उल्लेख नभएका कारणले दोहोरो तथा तेहोरो सुविधा लिने गरेको बताए । यस्तो सुविधा कानूनी रूपमै लिन नपाउने व्यवस्था गरिएको बताए । 

दोहोरो सुविधाका बारेमा अपव्याख्या गरेर प्रचारबाजी भए पनि कानूनमै लेखिएकाले अब समस्या नरहेको उनको भनाइ छ । 

उनले फौजदारी अभियोगमा सजाय पाएका कर्मचारीको हकमा पेन्सन सुविधाबाट वञ्चित गर्न नहुने बताए । 

उनले सानोतिनो भ्रष्टाचारजन्य अभियोगमामा सजाय पाएका कर्मचारीको पेन्सन रोक्दा परिवारले पाउने सुविधाबाट वञ्चित भई दोहोरो सजाय हुनसक्ने बताए ।

सांसद बडूले नायव सुब्बाबाट स्वतः छैटौँ तहमा बढुवा हुने तथा १२ वर्ष सेवा गरिसकेपछि सातौँ तहमा बढुवा हुने व्यवस्था गरिएकाले कर्मचारीको वृत्ति विकास र बढुवामा कुनै समस्या नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप