रुबिना–अभिनवलाई लरेन्स ग्याङको नामबाट ज्यान मार्ने धम्की

नयाँ दिल्ली । भारतीय टिभी शो कि चर्चित अभिनेत्री रुबिना दिलाइक र असिम रियाजबीच टिभी रियालिटी शो ब्याटल ग्राउन्डको सेटमा ठुलो झगडा भएको थियो । झगडाले शो को छायाङ्कन रोकियो अनि असिमलाई शो बाट निकालिएको खबर आएको थियो ।
यसैबिच, रुबिना दिलाइकका पति अभिनव शुक्लालाई असिम रियाजका फ्यानहरूले ज्यान मार्ने धम्की दिइरहेका छन् । धम्की दिनेमध्ये एक जनाले त लरेन्स गिरोह असिमको साथमा भएको समेत भने ।
पतिलाई धम्की आएपछि रिसाइन् रुबिना
रुबिना दिलाइकले हालै आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा आफ्ना पति अभिनवलाई आएको धम्कीका केही स्क्रिनसटहरू सेयर गरेकी छिन् । ‘म लरेन्सको मान्छे हुँ । मलाई तिम्रो ठेगाना थाहा छ, के म तिमीलाई गोली हान्न तिम्रो घरमा आउनु पर्छ ? जसरी मैले सलमान खानको घरमा गोली हानेको थिएँ, त्यसरी नै म तिम्रो घरमा आएर तिमीलाई पनि गोली हानेर मार्नेछु ।
मलाई थाहा छ तिमी कति बजे काममा जान्छौ । असिमलाई केही गलत भन्नु अघि नै तिम्रो नाम समाचारमा आउनेछ । लरेन्स बिश्नोई असीमसँग छन् ।’ एउटा स्क्रिनसटमा यस्तो भनिएको थियो ।
‘मेरो धैर्यता मेरो कमजोरी होइन । मेरो धैर्यताको परीक्षा नलिनु ।’ स्क्रिनसट सेयर गर्दै रुबिनाले लेखेकी छिन् । यसबाहेक रुबिनाले धम्कीका कयौँ स्क्रिनसट पनि सेयर गरेकी छिन् । ‘यो सबै केवल शो मा कसैको आपसी सहमति नभएको कारणले हो ?’ अभिनव शुक्लाले पनि धम्कीहरूको स्क्रिनसट सेयर गर्दै लेखेका छन् ।
के हो पूरै मामिला ?
अप्रिल १६ मा रियालिटी शो ब्याटल ग्राउन्डको सेटमा सुटिङका क्रममा असीम रियाज र अभिषेकबिच झगडा भएको थियो । रुबिना दिलाइक हस्तक्षेप गर्न आउँदा असिमले उनीसँग पनि वादविवाद गरे । बहसको क्रममा असिमले रुबिनामाथि व्यक्तिगत टिप्पणी गरे ।
जसले गर्दा झगडा बढ्यो । सेटको वातावरण बिग्रिएपछि निर्माताहरूले छायाङ्कन बिचैमा रोक्नुपर्यो । झगडा पछि सबैजना सेटबाट निस्किएर आ–आफ्नो भ्यानिटी भ्यानमा गएका थिए ।
स्रोतका अनुसार असिमले रिसाउँदै निर्माताहरू सामु शो छोड्ने जिद्दी गरेका थिए । उनलाई मनाउने धेरै प्रयास गरियो, तर उनी मानेनन् । निर्माताहरू अझै पनि असिमलाई शो सँग जोडिएको हेर्न चाहन्छन् । तर, असिमको पोस्ट पढ्दा उनी शो मा नजाने स्पष्ट देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न
-
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल
-
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल
-
भगतसिंह कोसियारी र महन्थ ठाकुरबिच भेटवार्ता
-
एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योग बन्द