भगतसिंह कोसियारी र महन्थ ठाकुरबिच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबिच आज काठमाडौँमा भेटवार्ता भएको छ।
भेटमा दुई नेताले भारत र पाकिस्तानबिच पछिल्लो समय बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। कोसियारीले पाकिस्तानले भारतमाथि आक्रमण सुरु गरेपछि मात्र भारतले प्रतिकार गरेको स्पष्ट पार्दै आतङ्कवादको विरुद्धमा सारा विश्व एक ठाउँमा उभिन आवश्यक रहेको बताए।
लोसपा अध्यक्ष ठाकुरले पनि नेपाल र नेपाली जनताको तर्फबाट आतंकवादविरुद्धको अभियानमा भारतको समर्थनमा उभिएको धारणा राखे। उनले नेपालले आफ्नो भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग हुन नदिने स्पष्ट नीति लिएको उल्लेख गर्दै आतंकवादविरुद्ध भारतले चालेको कदम उचित भएको बताए।
भेटवार्तामा दुबै नेताले क्षेत्रीय शान्ति, स्थायित्व र सहयोगको आवश्यकतामा जोड दिएका थिए। साथै नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो
-
तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु