भगतसिंह कोसियारी र महन्थ ठाकुरबिच भेटवार्ता
काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारी र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबिच आज काठमाडौँमा भेटवार्ता भएको छ।
भेटमा दुई नेताले भारत र पाकिस्तानबिच पछिल्लो समय बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। कोसियारीले पाकिस्तानले भारतमाथि आक्रमण सुरु गरेपछि मात्र भारतले प्रतिकार गरेको स्पष्ट पार्दै आतङ्कवादको विरुद्धमा सारा विश्व एक ठाउँमा उभिन आवश्यक रहेको बताए।
लोसपा अध्यक्ष ठाकुरले पनि नेपाल र नेपाली जनताको तर्फबाट आतंकवादविरुद्धको अभियानमा भारतको समर्थनमा उभिएको धारणा राखे। उनले नेपालले आफ्नो भूमि कुनै पनि राष्ट्रविरुद्ध प्रयोग हुन नदिने स्पष्ट नीति लिएको उल्लेख गर्दै आतंकवादविरुद्ध भारतले चालेको कदम उचित भएको बताए।
भेटवार्तामा दुबै नेताले क्षेत्रीय शान्ति, स्थायित्व र सहयोगको आवश्यकतामा जोड दिएका थिए। साथै नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण