चैतमा आगलागी : १५ जनाको मृत्यु, ५२ करोड रुपैयाँभन्दा बढीको क्षति
काठमाडौँ । गत वर्षको चैत महिनामा देशभर भएका आगलागीको घटनामा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना पुरुष, ७ जना महिला र १ जना बालिका रहेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आगलागीमा परेर ९६ जना घाइते पनि भएका छन् । यसमध्ये ४२ जना पुरुष, ४५ जना महिला, ३ जना बालक र ६ जना बालिका रहेका छन् । आगलागीबाट ३९ जना विस्थापितसमेत भएका छन् ।
एक महिनाको अवधिमा ३५४ वटा घर र २५६ वटा गोठमा क्षति पुगेको प्रहरीको भनाई छ । यसबाट ३०६ वटा चौपायामा समेत क्षति पुगेको छ । आगलागीबाट ५२ करोड ६९ लाख ८५ हजार ६७० रुपैयाँ बराबरको धनमालमा अनुमानित क्षति पुगेको छ ।
प्रहरीका अनुसार चैत महिनामा कूल १ हजार ३२१ वटा आगलागीका घटना भएका छन् । यसमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा ४३४ वटा आगलागीका घटना भएका छन् ।
त्यस्तै, मधेस प्रदेशमा १६१ वटा, बागमती प्रदेशमा १७९ वटा, उपत्यकामा ६८ वटा, गण्डकी प्रदेशमा ९० वटा, लुम्बिनी प्रदेशमा २२७ वटा, कर्णाली प्रदेशमा ६२ वटा तथा सुदूरपश्चिम प्रदेशमा १०० वटा आगलागीका घटना भएका छन् ।
आगलागी नियन्त्रणका लागि ९ हजार ३२० जना प्रहरी खटिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा राजा र धर्म साट्ने पार्टी हो : दुर्गा प्रसाईं
-
देउवा–शेखर समूहको भेलामा को–को छन् सहभागी ?
-
इटहरीमा कोशीकै सबैभन्दा ठुलो सम्मेलन केन्द्र बन्ने
-
निर्वाचन परिणाम बदर भएसँगै रास्वपा कैलालीको विवाद उत्कर्षमा
-
काठमाडौँ महानगरले अभिलेख व्यवस्थापन र निर्णय प्रक्रियालाई स्वचालित बनाउने
-
‘बालेन शाह नेतृत्वको सरकार धेरै लामो समयसम्म जान्छ जस्तो लाग्दैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण