‘एफएनजे यूके पत्रकारिता पुरस्कार’ छनोट समिति चयन
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले ‘एफएनजे यूके पत्रकारिता पुरस्कार’ छनोट समिति गठन गरेको छ । समितिको संयोजकमा बीबीसी नेपाली सेवा र कान्तिपुर टिभीमा लामो समय कार्यरत वरिष्ठ पत्रकार सुमन खरेललाई चयन गरिएको हो । समितिको सदस्यहरूमा शाखाकी वर्तमान अध्यक्ष विमला सेने, पूर्व अध्यक्ष एवं सल्लाहकारहरू नरेश खपांगीमगर, ध्रुवराज अर्याल र नवीन पोखरेललाई जिम्मा दिने निर्णय गरेको छ ।
त्यसैगरी शाखाले आगामी जुलाई १३ तारिख १४ औँ स्थापना दिवस मनाउने निर्णय गरेको छ । आइतबार अल्डरसटमा प्रत्यक्ष र जुममार्फत सम्पन्न कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो । शाखा अध्यक्ष विमला सेनेको अध्यक्षतामा भएको बैठकले स्वागत सत्कार समिति संयोजकमा उपाध्यक्ष प्रमीला लाबुङ राई र सदस्यहरूमा गोमा राना एवं मन्जु भण्डारी खरेललाई तोकेको छ भने, ‘व्यवस्थापन तथा हल सजावट संयोजकमा वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत तथा सदस्य गोमा रानालाई जिम्मेवारी तोकेको छ। प्रचार प्रसार समिति संयोजकमा महासचिव खेमराज रानाभाट, सदस्यहरू उपाध्यक्ष शिव भण्डारी, सचिव विश्वासदीप तिगेला र सदस्य मिलन तमु छन् ।’
त्यस्तै, आर्थिक समिति संयोजकमा कोषाध्यक्ष एस के गुरुङ, सदस्यहरू उपाध्यक्ष प्रमीला लाबुङ राई, बाचस्पति रेग्मी, नगेन्द्र नेम्वाङ र विश्वासदीप तिगेला छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय पदाधिकारीको प्रत्यक्ष उपस्थितिमा आउँदो जुलाई १३ तारिख अल्डरसटस्थित सुसी मोतो रेस्टुरेन्ट हलमा कार्यक्रम गरिनेछ । अध्यक्ष विमला सेनेले स्थापना दिवस सफल बनाउन सम्पूर्ण कार्यसमितिलाई आग्रह गर्दै नेपालबाट केन्द्रीय पदाधिकारी निमन्त्रणा, उनीहरूको बेलायत भ्रमण आदि सम्बन्धमा राय सुझाव लिएकी थिइन् । जसको जिम्मा अध्यक्ष सेनेलाई दिइएको छ ।
बैठकले आगामी जुन २२ का दिन सञ्चारमा डिजिटल युग र सामाजिक सञ्जालको बढ्दो प्रभावबारे नेपालबाट विज्ञ सम्मिलित एक भर्चुअल तालिम गर्ने निर्णय पनि गरेको छ । बैठकमा नयाँ वर्ष २०८२ शुभकामना र गत वर्ष १४ जुलाईमा निर्वाचित छैटौँ कार्यसमितिको ९ महिने कार्यकालबारे समीक्षा भएको थियो । शाखाले केही उतारचढाव सामना गरे पनि आफ्नो सक्रियता कायमै राखेको र हरेक महिनाको पहिलो आइतबार समसामयिक विषयमा भइरहेको अन्तरक्रिया प्रभावकारी बनेको मूल्याङ्कन गरेको छ ।
सो अवसरमा हाल बेलायत भ्रमणमा रहेका नेपाल पत्रकार महासंघ लमजुङका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार तथा कान्तिपुर दैनिकका लमजुङ संवाददाता आश गुरुङलाई स्वागत सम्मान गर्दै समसामयिक विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण